दशैंको मुखमा जुवातास खेलिरहेका २२ जना पक्राउ

दशैंको मुखमा जुवातास खेलिरहेका २२ जना पक्राउ


काठमाण्डु – दशैं नजिकिँदै गरेका बेला विभिन्न जिल्लामा जुवातास खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५८५ रूपैयाँ, २ बुक र कौडा १६ थानसहित पक्राउ गरेको छ ।

कैलालीको जानकी गाउँपालिका–२ बढरिया बस्ने धनबहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ५४ वर्षीय जगत साउँद समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २१ हजार ७०५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–३ पसले घुमाउने चौतारास्थित किरीयापुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३४ वर्षीय जितबहादुर दर्लामी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ५२५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।