बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

File Photo

सिमकोट – हुम्ला जिल्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करीब ६ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैं पछाडितर्फ गुडेर ३०० मिटर तल खसेको बताइएको थियो । मृतक परियार दशैं मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएका र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।