अखिल क्रान्तिकारीको स्थगित निर्वाचन मंसिर २३ र २४ गते गर्ने निर्णय

अखिल क्रान्तिकारीको स्थगित निर्वाचन मंसिर २३ र २४ गते गर्ने निर्णय


काठमाण्डु – नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको स्थगित निर्वाचन मंसिर २३ र २४ गते हुने भएको छ ।

शनिबार बसेको संगठनको अध्यक्ष मण्डलको बैठकले मंसिर २३ र २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

अध्यक्षमण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पूरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’

उमेर हदको विवाद बढेर कुटपिट र तोडफोड भएपछि क्रान्तिकारीको सम्मेलन स्थगित भएको थियो ।