प्रिमियर लिग : लिभरपुल, म्यानचेस्टर र आर्सनल विजयी

प्रिमियर लिग : लिभरपुल, म्यानचेस्टर र आर्सनल विजयी


काठमाण्डु-इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन् । लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो । उसका डियागो जोटाले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

लिभरपुल ७ खेलमा १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अर्को खेलमा सिटीले फुलहमलाई ३–२ गोलले पराजित गरेको छ । सिटीका मातेओ कोभासिचले २ र जेरेमी डोकुले १ गोल गरे । जीतसँगै सिटी ७ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै गएराति नै भएको खेलमा आर्सनलले साउथह्यामटनलाई ३–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको आर्सनलको समान ७ खेलमा १७ अङ्क छ ।

अरु खेलमा ब्रेन्टफोर्डले वुल्भ्सलाई ५–३ गोलले, वेस्टह्यामले ईपस्विच टाउनलाई ४–१ गोलले, लेस्टरसिटीले बर्नमाउथलाई १–० गोलले हराउँदा एभर्टन र न्यूक्यासलले गोलरहित बराबरी खेलेका छन् ।