लिखित माफी मागेर जेलमुक्त भए सिधाकुराका प्रकाशक र सम्पादक

लिखित माफी मागेर जेलमुक्त भए सिधाकुराका प्रकाशक र सम्पादक


काठमाण्डु – सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना लिखित माफी मागेर केन्द्रीय कारागार सुन्धाराबाट जेलमुक्त भएका छन् ।

अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका कँडेल र ढुंगाना सात दिन जेलमा बसेर आज बिहान थुनामुक्त भएका हुन् ।

सीधाकुरा अनलाइनले प्रकाशन र प्रसारण गरेको एउटा अडियोविरुद्ध अदालतको अवहेलनामा प्रकाशक कँडेल र सम्पादक ढुंगानालाई जेल पठाउने फैसला भएको थियो । समाचार भनिएको अडियोको बास्तविकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको भनदै सर्वोच्च अदालतको फूल कोर्टले कँडेल र ढुंगानालाई जनही तीन महिना कैद सजाय हुने फैसला गरेको थियो ।

फैसलामा पत्रकारद्वयले क्षमायाचना गरी पुनः त्यस्तो गल्ति नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेमा सात दिनमात्र थुनामा राखी बाँकी कैद मिनाहा गरिदिने उल्लेख थियो । त्यही फैसलाबमोजिम उनीहरु माफि मागेर एक हप्तामा छुटेका हुन् ।

सिधाकुराले ुद डार्क फाइलु का नाममा अदालतका न्यायाधीश समेतलाई मुछेर अप्रमाणित समाचार लेखेपछि त्यसविरुद्ध दायर मुद्दामा अदालतले यस्तो फैसला गरेको थियो ।