नवनियुक्त प्रधानन्यायाधीशले लिए शपथ (तस्वीर)

नवनियुक्त प्रधानन्यायाधीशले लिए शपथ (तस्वीर)


काठमाण्डु– नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ खाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले आजै बिहान राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारी उपस्थित भएका थिए।