काठमाण्डु-बंलादेशविरुद्धको पहिलो टी–२० खेलमा भारतले जित हात पारेको छ ।
आइतवार राति भारतको ग्वालियरमा भएको तीन खेलको सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बंगलादेशले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो । १ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले जम्मा ३ विकेट गुमाएर ११ दशमलव ५ ओभरमै जित हात पार्यो ।
बंगलादेशका लागि भने हसन मिराजले सर्वाधिक ३५ रन बनाए भने अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ३९ रन जोडे भने सञ्जू सैमसन र सूर्य कुमार यादवले समान २९–२९ रन बनाए ।
बंगलादेशलाई सस्तोमै समेट्न भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले समाान तीन–तीन विकेट लिए ।
प्रतिक्रिया