काठमाण्डु – पूर्वी भारतको पश्चिम बंगाल राज्यको कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।
पश्चिम बंगालको राजधानी कोलकाताबाट २१७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गंगारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो ।
प्रहरीका अनुसार डिटोनेटर सहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो ।
‘सुरुमा कोइला खानीमा भएको विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । पछि थप २ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो ।’
विस्फोटको कारणबारे अनुसन्धान जारी छ ।
प्रतिक्रिया