प्रधानमन्त्री उद्धार कोषमा ४ करोड ७९ लाख सहयोग प्राप्त

प्रधानमन्त्री उद्धार कोषमा ४ करोड ७९ लाख सहयोग प्राप्त


काठमाण्डु – प्रधानमन्त्री प्रकोप उद्धार कोषमा सोमबार ४ करोड ७९ लाख १० हजार ३९० सहयोग प्राप्त भएको छ ।

सोमबार विभिन्न ११ संघसंस्थाले कोषमा सहयोग गरेका छन् ।

नेसनल हाइड्रोपावर विद्युत् कम्पनीले १ करोड, प्रभू बैंकले १ करोड, अरुण तेस्रो पावर कम्पनीले १ करोड, एभरेस्ट बैंकले ५० लाख, प्राइम बैंकले ३१ लाख, प्रभू इन्स्योरेन्सले २५ लाख, प्रभू महालक्ष्मीले २५ लाख, प्रभू क्यापिटलले २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले १० लाख, इनर्जी ट्रीले ८ लाख १ हजार, नवीन कोइराला नुवाकोट (हाल अमेरिका) ले ५ लाख ९ हजार ३९० रुपैयाँ सहयोग गरेका छन् ।

पछिल्लो बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गर्न सरकारले कोषमा रकम संकलन गरिरहेको छ ।