राहत कोषमा कर्मचारी सञ्चय कोष र प्रहरी श्रीमती संघले बुझाए रकम

राहत कोषमा कर्मचारी सञ्चय कोष र प्रहरी श्रीमती संघले बुझाए रकम


काठमाण्डु– कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज चेक हस्तान्तरण गरिएको हो ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा २ करोडको चेक हस्तान्तरण गरे भने प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले ५ लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरिन् ।