काठमाण्डु– अब दसैँ र तिहारभर वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको हो ।
केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।
हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा १० पटक मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । तर, दशैं–तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
अब ग्राहकहरुले २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन् ।
चाडपर्वका लागि अस्थायी रूपमा मात्रै एक दिनमा ३० पटक रकम जम्मा गर्न सक्ने व्यवस्था भएको हो ।
प्रतिक्रिया