धौलागिरि आरोहणमा गएका ५ रुसी नागरिकको मृत्यु

धौलागिरि आरोहणमा गएका ५ रुसी नागरिकको मृत्यु


म्याग्दी – धौलागिरि हिमाल आरोहणमा गएका ५ जना रुसी पर्वतारोहीको मृत्यु भएको छ ।

हाईक्याप आधार शिविरबाट आईतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव मंगलबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ ।

आईतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका १ जनालाई उद्धार गरी काठमाण्डु पठाइएको छ ।