विद्युत् प्राधिकरणका निर्देशक घिसिङलाई सरकारले सोध्यो स्पष्टीकरण (पूर्णपाठ सहित)

विद्युत् प्राधिकरणका निर्देशक घिसिङलाई सरकारले सोध्यो स्पष्टीकरण (पूर्णपाठ सहित)

कार्यकारी अघिकार खोस्ने तयारी


काठमाण्डु सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सरकारले १५ बुँदै स्प्रष्टीकरण सोधेको हो ।

१५ दिनको समय दिएर सोमबार राति सोधिएको स्पष्टीकरणमा विद्युत प्राधिकरणका कर्मचारी विवरणसहित विद्युतको पोल खरिदबारेका सञ्चारमाध्यममा आएका समस्यासमेत रहेका छन् ।

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । बिहान ११ बजे बस्ने बैठकका लागि राति साढे ९ बजे पत्राचार गरिएको थियो । तर, कोरम नपुगेकाले बोर्ड बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग कार्यकारी निर्देशक घिसिङको द्वन्द्व चर्किँदै आएको छ । ट्रंकलाइन र डेडिकेटेड फिडरबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङविरुद्ध बोलेका थिए ।

घिसिङलाई तत्काल हटाउनेबारे ओली सरकार बने लगत्तै छलफलसमेत चलेको थियो । यद्यपि जनस्तरबाट तीव्र विरोध भएपछि सरकार पछि हटेको थियो ।

अहिले सके तत्काल हटाउने नभए कार्यकारी अघिकार खोस्ने सरकारको तयारी छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुमति लिएर नै सरकारले यो कदम चालेको जनाइएको छ ।

घिसिङलाई प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु समेत माग गरिएको छ ।