दसैँमा यी ४ प्रदेशमा पानी पर्ने, अन्य दिन भन्दा जाडो हुने

दसैँमा यी ४ प्रदेशमा पानी पर्ने, अन्य दिन भन्दा जाडो हुने


काठमाण्डु– बडा दसैँको तीन दिन कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै बडादसैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते), र दशमी (२६ गते)का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार बडा दसैँको तीन दिन कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको दशैं विशेष बुलेटिनमा उल्लेख छ ।