स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ

स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको १२ लाख भारतीय रुपैयाँ (भारु) र ५ लाख नेपाली रुपैयाँ (नेरु) सहित १ जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रह्मदेवस्थित सीमा ईलाकाबाट १२ लाख ७४ हजार २३० भारु र ५ लाख १३ हजार ७० नेरु तथा स्कुटसहित १ जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ ।

यूके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत बस्ने ४३ वर्षीय अभिशेक गुप्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।