कांग्रेस लुम्बिनी प्रदेशसभा प्रमुख सचेतकमा ढकाल नियुक्त

कांग्रेस लुम्बिनी प्रदेशसभा प्रमुख सचेतकमा ढकाल नियुक्त


काठमाण्डु – लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ढकाललाई बुधबार प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाको पदाधिकारी तथा पारिश्रमिक सम्बन्धी ऐन २०७५ को दफा २ को खण्ड ६ बमोजिम ढकाललाई नियुक्त गरिएको छ ।