टुटेश्वरमा युवतीको शव फेला, हत्या भएको हुनसक्ने अनुमान

टुटेश्वरमा युवतीको शव फेला, हत्या भएको हुनसक्ने अनुमान


महोत्तरी – जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिरनजिकै १ युवतीको शव फेला परेको छ ।

मन्दिर नजिकको वन क्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव बुधबार फेला परेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ । शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने डीएसपी पोखरेलको भनाइ छ ।