राष्ट्रपति पौडेलद्वारा मैतीदेवी र भद्रकाली मन्दिरको दर्शन

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी र भद्रकाली मन्दिरको दर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा शुक्रबार काठमाण्डुको मैतीदेवी र भद्रकाली मन्दिरमा दर्शन गरेका छन् ।

शुक्रबार दिउँसो धर्मपत्नी सविता पौडेलसहित उनी विभिन्न मन्दिर पुगेका हुन् ।

बडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल भगवती मन्दिर पुगेका छन् । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।

विगतकै परम्पराअनुसार राष्ट्रपति पौडेल शुक्रबार दिनभर पूजाआज र मन्दिर दर्शनमा व्यस्त छन् । पौडेलले शुक्रबार बिहान नवकन्याहरूको विधिपूर्वक पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका छन् ।

शुक्रबार पौडेलले नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका छन् ।