प्रधानमन्त्री ओलीले यसपालिको दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

प्रधानमन्त्री ओलीले यसपालिको दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको दशैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले विजयादशमीको टीका उल्लासमय नहुने उनले जनाएका छन् ।

यसपटक परिवारका सदस्यबाहेक टीका लगाउने कार्यक्रम नरहेको सन्देश उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनले भनेका छन्, ‘यतिबेला मेरो मन भारी भइरहेको छ । दशैंको उल्लासमय रमाउनुपर्ने बेला, हाम्रा दिदीबहिनी, दाजुभाइहरू पनि रमाउन नसकिरहेको अवस्थामा म पनि त्यति रमाउन सकिरहेको छैन ।’