तुर्कीमिनिस्तानलाई हराउँदै नेपाल पुरुष भलिबलको फाइनलमा प्रवेश

तुर्कीमिनिस्तानलाई हराउँदै नेपाल पुरुष भलिबलको फाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा शुक्रबार तुर्कीमिनिस्तानलाई ३–० सेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।

श्रीलंकाको कोलम्बोमा भइरहेको खेलमा शुक्रबार नेपालले तुर्कीमिनिस्तानलाई २५–१४, २५–२१, २५–२० सेटले हराएको छ ।

नेपालले प्रतियोगितामा ५ मध्ये ३ खेल जित्दै कूल १० अंक जोडेर शीर्ष २ मा रहँदै फाइनलमा स्थान बनाएको नेपाली टीमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए ।

नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको पराजित भएको थियो ।

नेपालले अब फाइनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू–२० पुरुष भलिबल प्रतियोगिता पहिलोपटक आयोजना भइरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको छ ।