सामसुङको आधिकारिक सेवा केन्द्र भक्तपुर सूर्यविनायकमा

सामसुङको आधिकारिक सेवा केन्द्र भक्तपुर सूर्यविनायकमा


काठमाडौं – नेपाल अधिराज्य भरी १४ वटा सामसुङका सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।

सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङका इलोक्टोनिस कार्यकारी निर्देशक युबियम वोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा रसामसुङ इलोक्टोनिसका जुङ्सिक (बबि) योले गरे ।

कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।