यस्तो छ कांग्रेसका क्रियाशील सदस्यका लागि नयां विधान (पूर्णपाठसहित)

यस्तो छ कांग्रेसका क्रियाशील सदस्यका लागि नयां विधान (पूर्णपाठसहित)


काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले क्रियाशील सदस्यको नयाँ व्यवस्था केन्द्रीय समितिमा आफ्नो प्रतिवेदन पेश गरेको छ ।

समितिले कांग्रेस विधानमा २१ वटा मूलभूत विषय संशोधनका लागि प्रस्ताव गरेको छ । विधानमा कांग्रेसको साधारण सदस्यतालाई कांग्रेसको सदस्य र नवीकरण गरेपछि स्वतः क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।

समितिले तयार पारेको विधान अध्ययनका लागि आइतबारबाट सुरु भएको बैठकमा सवै काँग्रेस केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको हो । मस्यौदा समितिले मस्यौदा तयार गर्दा विधान मस्यौदाका क्रममा आएका फरक विचारहरुलाई समेत राखेर प्रस्तुत गरेको छ ।

विधान संशोधन मस्यौदामा केही सदस्यले राखेका फरक मत पनि समावेश गरिएको छ । आगामी मंसिर १३ गते बस्ने केन्द्रीय समिति बैठकले मस्यौदा पारित गरी अनुमोदनका लागि महासमिति बैठकमा लैजाने छ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा गर्ने काँग्रेसको निर्णय छ । प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने उल्लेख गरिएको छ ।

प्रस्तावित विधानको पूर्णपाठ हेर्नुहोस्ः