बीपी राजमार्गमा ठूला गाडी सञ्चालनमा रोक, सडक फराकिलो बनाउने प्रयास गरिँदै

बीपी राजमार्गमा ठूला गाडी सञ्चालनमा रोक, सडक फराकिलो बनाउने प्रयास गरिँदै


काठमाण्डु – बीपी राजमार्ग दुईतर्फी मर्मत नहुँदासम्म ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ ।

सुक्खा पहिरोले अवरुद्ध बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्ले खण्डमा प्रहरीले सहजीकरण गर्दै साना गाडीलाई मात्रै आलोपालो चल्न दिएको छ ।

प्रशासनले दुईतर्फी सडक खुलाउने प्रयास गरिरहे पनि केही समय लाग्ने जनाइएको छ । साना गाडीबाट यात्रा गर्नुपरेमा सावधानीपूर्वक यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

सडकमा पहिरो पन्छाउने र साघुँरो सडक फराकिलो बनाउने काम जारी छ । ठूला मशिनको प्रयोगबाट अवरुद्ध सडकमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले बताइन् ।

राजधानी काठमाण्डुलाई पूर्वी नेपालसँग जोड्ने मुख्य सडक बीपी राजमार्ग गत असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले अवरुद्ध बनेको छ ।