हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु


काठमाण्डु – बारा जिल्लामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

सोमबार बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जंगलमा खोज्न गएका थिए ।

खोज्ने क्रममा ठोकर मृत भेटिएका थिए । मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।