जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ


बर्दिया – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दियाबाट १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ बस्ने २० वर्षीय सन्तराम थारूलाई पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई बारबर्दिया नगरपालिका–१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।