मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु


गोरखा – गोरखा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका २० वर्षीय निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।

गोरखाको आरुघाट सडकखण्डमा पर्ने भिमसेन थापा गाउँपालिका–३ सिफलफेदमा चालक रुपेश गिरीेले चलाएको बा३६प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको छ ।

गम्भीर घाइते मोटरसाइकल चालक रुपेश गिरीलाई उपचारका लागि काठमाण्डुको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा दरबार र संग्रहालय घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।