सुर्खेत – मोटरसाइकल दुर्घटनामा परी सुर्खेतमा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षीय महेश पौडेल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सोमबार साँझ साढे ६ बजेतिर दैलेख चोकबाट आउँदै गर्दा कालिनचोकमा भे५प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।
दुर्घटना लगत्तै पौडेललाई प्रदेश अस्पताल पुर्याइएको थियो । उनलाई ८ बजेतिर अस्पतालले मृत घोषणा गरेको छ ।
तीव्रगतिमा रहेको मोइरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया