लेबनानमा इजरायली हवाई आक्रमण, २१ जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, २१ जनाको मृत्यु


काठमाण्डु– उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले जानकारी दिदै हवाई हमलामा ८ जना घाइते भएको जनाएको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो ।

इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।