पेस्तोल र गोलीसहित १ जना पक्राउ

पेस्तोल र गोलीसहित १ जना पक्राउ

प्रतिकात्मक तस्वीर

काभ्रे – जिल्लाको पनौती नगरपालिका–१ बाट प्रहरीले १ पेस्तोल र ३ राउण्ड गोलीसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ रहेका प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतालसी गर्दा पेस्तोल फेला पारी पक्राउ गरेको छ । बरामद पेस्तोल सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।