काठमाण्डु-३० लाख आर्थिक लेनदेन गरेको आरोपमा निलम्बित भएकी प्रहरी निरीक्षक विनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
शाहीसहितको टिममाथि बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख आर्थिक लेनदेन गरेको आरोप छ ।
यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको थियो । समितिको प्रतिवेदनका आधारमा उनलाई कारबाही हुन लागेको हो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा एक सहायक प्रहरी हवल्दारसहित चार जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएसँगै निलम्बित प्रहरी निरीक्षक शाहीको खोजी भइरहेको छ ।
प्रतिक्रिया