सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी, पाण्डेविरुद्ध परेन

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी, पाण्डेविरुद्ध परेन


काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई न्यायाधीशमध्य एक जनाविरुद्ध उजुरी परेको छ भने एक जनाविरुद्ध उजुरी नै परेन ।

न्यायपरिषद्को ११ असोजमा बसको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा सिफारिस भएकामध्य निरौलाविरुद्ध दुई उजुरी परे पनि पाण्डेविरुद्ध उजुरी नपरेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।

निरौलाविरुद्ध दुई उजुरी परेका छन् । एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको समितिले जनाएको छ ।

निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा र अर्को नियुक्ति प्रक्रियासँग सम्बन्धित उजुरी परेको समिति स्रोतले जानकारी दियो ।