भारत-क्यानडा तनाव : अमेरिका र पश्चिमी देशहरूमा कस्तो असर ?

भारत-क्यानडा तनाव : अमेरिका र पश्चिमी देशहरूमा कस्तो असर ?


यस वर्षको अक्टोबर १४ देखि भारत र क्यानडाबीच पुनः तनाव उत्पन्न भएको छ र अहिलेसम्मकै खराब र जटिल अवस्थामा पुगेको छ ।

गत वर्ष क्यानडामा भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई देशबीच अहिले कूटनीतिक सम्बन्ध तल्लोस्तरमा पुगेको छ ।

खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप भारतले लगाएपछि दुई देशबीच सम्बन्ध थप चिसिएको हो ।

भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

२०२३ को जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै गोली हानेर खालिस्तान समर्थक निज्जरको हत्या भएको थियो । भारतले हत्या भएका निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो । सिख समुदायका केही समूहले भारतमा छुट्टै खालिस्तान नामक देशको माग गर्दै आएका छन् ।

दुई देशबीच तीव्र रूपमा परिवर्तन भइरहेको सम्बन्धबाट भारतमाथि कस्तो असर पर्छ भन्ने विषयमा बहस थालिएको छ । भारत–क्यानडाबीच बिग्रदो सम्बन्धका कारण भारत र अमेरिकाबीच पनि यसले असर गर्छ र दुई देशबीच सम्बन्ध सुधारका लागि के गरिनु पर्छ भन्ने विषयमा पनि बहस हुन थालिएको हो ।

भारत र क्यानडाबीचको सम्बन्धको दायरा विभिन्न क्षेत्रमा फैलिएको छ । दुई देशबीच सम्बन्ध चिसो भएपछि हरेक क्षेत्रमा यसको व्यापक असर परेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार करिब ४ लाख २७ हजार भारतीय छात्र क्यानडामा अध्ययनरत छन् । अन्य देशको तुलनामा भारतीय छात्रको संख्या क्यानडामा धेरै छ र हरेक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । यस्तै क्यानडामा करिब ३० लाख भारतीय मूलका मानिस बसोबास गर्छन् ।

यस्तै क्यानडाको पेन्शन फण्ड्सले भारतमा ७५ अर्ब क्यानडेनियन डलर लगानी गरेको छ । भारतमा ६ सय भन्दा बढी क्यानेडेली कम्पनीहरूले काम गरिरहेको छ भने हजारभन्दा बढी क्यानडाका कम्पनीहरूले भारतीय बजारमा व्यापार गरिरहेको छ ।

भारतको सरकारी तथ्यांकअनुसार २०२३मा भारत र क्यानडाबीच अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत व्यापारमा वृद्धि भएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत वर्ष सेप्टेम्बरमा संसद्मा बोल्दै निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए । भारतले उनको आरोपलाई अस्वीकार गर्दै प्रमाण मागेको थियो । त्यसपछि दुई देशबीच कूटनीतिक तथा राजनीतिक तहमा तनाव बढेको थियो । दुवै देशले एकअर्काका केही कूटनीतिज्ञलाई देश निकाला गरेका थिए । पछिल्लो समय भने दुवैले एकअर्काको उच्चायुक्तलाई नै देश निकाल्न लागेका हुन् ।

दुई देशबीच चिसिएको सम्बन्धबाट भारत र अमेरिकाबीच कस्तो प्रभाव पर्छ त ?

अमेरिकामा भारतको राजदूत रहिसकेका मीरा शंकर भन्छिन्, ‘यस विषयमा भारत र पश्चिमी देशहरूबीच संवाद हुनुपर्छ । यो समय ‘मेगाफोन डिप्लोमेसी’ को होइन ।’

भारतमा कूटनीति मामिलाका जानकार राजीव डोगरा भारतलाई दुश्मन ठान्ने देश खुलेयाम पृथकतावादीहरूलाई भारतविरुद्ध भडकाइरहेको र अमेरिकी प्रशासनको एक वर्ग भारतसँग राम्रो सम्बन्ध नचाहेको दाबी गर्छन् ।

‘यदि भारत र क्यानडाबीच जारी तनाव छिटो नटुंगिए यसको असर अन्य मुद्दा र क्षेत्रमा पनि पर्न सक्छ,’उनी भन्छन् ।

अमेरिकी थिंक टैंक द विल्सन सेन्टरमा साउथ एशियन इन्स्टिच्यूटका निर्देशक माइकल कुगलम्यानका अनुसार वर्तमान अवस्थामा क्यानडासँग भारतको कूटनीतिक सम्बन्ध पाकिस्तानभन्दा पनि खराब रहेको टिप्पणी गर्छन् ।

पूरै विवादबीच एक प्रश्न बारम्बार के उठेको छ भने भारतमाथि अमेरिकाले पनि त्यस्तै प्रकारको आरोप लगाएको छ जुन क्यानडाले लगाएको हो । तर भारतले क्यानडालाई मात्र किन निशाना बनाइरहेको छ ?

आगामी वर्ष क्यानडाले जी–७ देशको बैठक आयोजना गर्दैछ । भारत पनि जी–७को सदस्य राष्ट्र हो । यस्तो अवस्थामा जी–७ बैठक अघि भारत–क्यानडाबीच सम्बन्ध सुधार हुन्छ कि क्यानडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बैठकमा नबोलाउने जोखिम लिन्छ ।