वर्तमान सरकार १ वर्ष ९ महिनापछि आफैं फेरिन्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकार १ वर्ष ९ महिनापछि आफैं फेरिन्छ : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार १ वर्ष ९ महिनापछि आफैं फेरिने बताएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

उनले भने, ‘दशैंपछि तुरुन्त सरकार परिर्वतन हुन्छ रे ! कुन दशैं भन्या ? ०८४ को दशैंपछि चुनावमा ? ठीकै हो ।’

करीब १ वर्ष ९ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । ‘मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार,’ उनले भने ।

आगामी चुनाव देउवा नेतृत्वको सरकारले गर्ने उनले बताए । कांग्रेस र एमाले मिलेर सरकार बनेको स्मरण गराउँदै उनले भने, ‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुईतिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’