अवैध लागूऔषधसहित ४ जना पक्राउ

अवैध लागूऔषधसहित ४ जना पक्राउ


काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ७० मिलिग्रामसहित स्थानीय २२ वर्षीय छोटे रानालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सुनसरीको रामधुनी नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर करीब २०० मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन् ।

ईलाका प्रहरी कार्यालय रामधुनी र ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।