भारत र न्युजिल्यान्डको पहिलो टेस्टको दोस्रो दिनको खेल आज

भारत र न्युजिल्यान्डको पहिलो टेस्टको दोस्रो दिनको खेल आज


काठमाण्डु-भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल आज हुँदैछ । आज हुने ९८ ओभरको खेलको टस बिहान ९ बजे हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

यसअघि हिजो पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको थियो । भारतको बेङ्गलुरुमा वर्षाका कारण पहिलो टेस्टको टस पनि हुन नसकि रद्द भएको हो ।

भारत र न्युजिल्यान्डबीच तीन खेलको टेस्ट क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।