भारत-क्यानडा विवादले मोदीको विश्वव्यापी महत्वाकांक्षामा असर

भारत-क्यानडा विवादले मोदीको विश्वव्यापी महत्वाकांक्षामा असर


काठमाण्डु – क्यानडामा एक सिख कार्यकर्ताको हत्या र त्यहाँ अन्य अपराधको आरोपमा भारत र क्यानडाले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेपछि एक वर्षदेखि यी दुई देशबीच द्विपक्षीय सम्बन्धमा तनाव उत्पन्न हुनुका साथै कूटनीतिक विवाद बढेको छ ।

यी गतिरोधले दुबै देशलाई आशाजनक साझेदारीका साथ अगाडि बढ्न गाह्रो बनाउने र यसले भारतको महत्वाकांक्षालाई असर गर्न सक्ने अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू बताउँछन् ।

‘भारत–क्यानडाबीच खस्कँदै गएको द्विपक्षीय सम्बन्धले थप ठुलो असर पार्नेछ, जसलाई सुधार गर्न लामो समय लाग्नेछ,’ इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्थीले भने ।

गत वर्ष जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै गोली हानेर खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्या भएको थियो । भारतले हत्या भएका निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो ।

सिख पृथकतावादीको हत्यालाई लिएर तनाव बढ्दै जाँदा दुई देशबीच अहिले कूटनीतिक सम्बन्ध तल्लोस्तरमा पुगेको छ । निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप भारतले लगाएपछि दुई देशबीच सम्बन्ध थप चिसिएको हो ।

भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दियो भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गर्‍यो ।

सिख पृथकतावादी समूहका बारेमा नयाँ दिल्लीले सुरुदेखि नै चिन्ता प्रकट गर्दै आएको छ । निज्जरको हत्या पनि क्यानाडासँगको सम्बन्धमा तनावका कारण क्यानडामा बसोबास गर्ने २ प्रतिशत सिखहरूको भविष्यमा संकट उत्पन्न भएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तान भनेर चिनिने स्वतन्त्र सिख मातृभूमि निर्माण गर्न सहयोग गरिरहेको भारतको आरोप छ ।

निज्जर भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनका स्थानीय नेता थिए । भारतले उनलाई २०२० मा आतंकवादी घोषणा गरेको थियो । उनको हत्या भएको समयमा भारतमा हिन्दू पुजारीमाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा उनलाई गिरफ्तार गर्न खोजी हुँदैथियो ।

अमेरिकी थिंक टैंक द विल्सन सेन्टरमा साउथ एशियन इन्स्टिच्यूटका निर्देशक माइकल कुगलम्यान भन्छन्, ‘दुई देशको सम्बन्ध अहिले ‘लाइफ सपोर्ट’मा छ । क्यानाडामा खालिस्तान आन्दोलनको बारेमा भारतको चिन्ताले सम्बन्धलाई बन्धक बनाएको छ ।’

क्यानडा मात्र यस्तो देश होइन, जसले भारतीय अधिकारीहरूलाई विदेशी भूमिमा संगठन गरेको आरोप लगाएको छ । किनभने पछिल्लो समय भारत–क्यानडा तनावमा अमेरिकाको पनि प्रवेश भएको छ ।

गत वर्ष न्यूयोर्कमा अर्को सिख पृथकतावादी नेताको हत्या गर्ने असफल षड्यन्त्र गरेको भारतले दाबी गरेको थियो, जसलाई अमेरिकाले अस्वीकार गरेको थियो । यसबाट भारत र अमेरिकाबीच पनि द्वन्द्व उत्पन्‍न भएको छ ।

भारत र अमेरिका सम्बन्धमा पनि निज्जरको हत्याले ठूलो भूराजनीतिक सन्दर्भ जोडिएको छ । अमेरिकाविरुद्ध भारतको कडा प्रतिक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदी विश्वव्यापी रूपमा आलोचनाको पात्र बन्‍न लागेका छन् ।

अमेरिका र क्यानडासँगको पछिल्लो तनाव र आरोपप्रत्यारोपले मोदीको अन्तर्राष्ट्रिय महत्वाकांक्षामा प्रभाव पार्न सक्ने विज्ञहरूको धारणा छ । भारत बढ्दो विश्वव्यापी शक्तिको रूपमा प्रस्तुत हुन खोजिरहेको अवस्थामा यस्तो तनावले द्विपक्षीय सम्बन्धका साथै उसको आर्थिक गतिविधिमा पनि असर पार्न सक्ने चिन्ता विज्ञहरूको छ ।

भारत र क्यानडा बीचको दूरीले अमेरिका र पश्चिमी देशहरूको रणनीतिक समझदारीलाई पनि असर गर्नेछ । जसले नयाँ दिल्लीलाई चीनको ‘काउन्टरवेट’को रूपमा आकर्षित गरिरहेको छ । चीनको ‘काउन्टरवेट’ उपस्थितिले भारतलाई महाशक्तिको महत्वाकांक्षाको रूपमा अगाडि बढ्न अवरोध गर्न सक्छ ।