महिला टी–२० विश्वकप : अस्ट्रेलिया र दक्षिण अफ्रिका आज पहिलो सेमिफाइनल खेल्दै

महिला टी–२० विश्वकप : अस्ट्रेलिया र दक्षिण अफ्रिका आज पहिलो सेमिफाइनल खेल्दै


काठमाण्डु-आईसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजे खेल सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली उपाधिका लागि स्थान सुरक्षित गर्न चाहन्छ । अस्ट्रेलिया समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको अस्ट्रेलियाले हालसम्म ६ पटक आईसिसी महिला टी–२० विश्वकप उपाधि उचालिसकेको छ भने दक्षिण अफ्रिकाले एकपटक पनि उपाधि उचाल्न सकेको छैन । गत वर्ष फाइनलमा पुगेको दक्षिण अफ्रिका अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।

विश्वपकको दोस्रो सेमिफाइनलमा शुक्रबार न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ भने विश्वकपको फाइनल आइतवार हुनेछ ।