नेपालले अमेरिकासँग टी२०आई शृंखला खेल्दै

नेपालले अमेरिकासँग टी२०आई शृंखला खेल्दै


काठमाण्डु– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अमेरिका सँग टी–२० आई सिरिज खेल्दैछ ।

अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोलीसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको हो । टी–२० आईमा नेपाल र अमेरिका पहिलो पटक खेल्न लागेका हुन्।

सिरिजको पहिलो खेल शुक्रबार बिहान डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पौने ६ बजे सुरु हुनेछ।

टी–२० आई सिरिजपछि नेपालले स्कटल्यान्ड सम्मिलित त्रिकोणात्म्क सिरिज खेल्नेछ। एक दिवसीय क्रिकेटमा भने नेपाल र अमेरिका सात पटक भेट भइसकेका छन्।