सुदूरपश्चिममा भएका छुट्टाछुट्टै बस दुर्घटनाका घाइतेलाई भेट्न पूर्वमन्त्री भट्ट वीरमा

सुदूरपश्चिममा भएका छुट्टाछुट्टै बस दुर्घटनाका घाइतेलाई भेट्न पूर्वमन्त्री भट्ट वीरमा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले डडेल्धुरा र दार्चुलामा भएको बस दुर्घटनाका घाइतेलाई अस्पतालमा भेटेका छन्।

बिहिबार बेलुकी डडेल्धुरा र शुक्रबार दार्चुलामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी गम्भीर घाइते भइ नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनीहरुलाई पूर्वमन्त्री भट्टले आइतबार भेटेका हुन्।

नेता भट्टले घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुुका साथै उपचारमा संलग्न चिकित्सकहरुसँग परामर्श लिएका छन्।
बिहिबार डडेल्धुराको उग्रतारामा लागेको मेलाबाट फर्किदै गर्दा डडेलधुराको गन्यापधुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। दुुर्घटनामा घाइतेमध्ये घाइते ७ जनालाई काठमाडौं ल्याइएको थियो।

त्यस्तै, शुक्रबार बिहान दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको महाकाली यातायात समितिको गाडी दुर्घटना हुँदा घाइते भएकामध्ये ४ जनालाई काठमाडौं ल्याएको थियो।

घाइते सबैको सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ ।