बढ्यो सेयर बजार, सवा ७ अर्बको कारोबार

बढ्यो सेयर बजार, सवा ७ अर्बको कारोबार


काठमाण्डु– साताको कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले बढेको छ ।आज नप्से २.४७ अंकले बढेको छ । नेप्से ०.९ प्रतिशतले बढ्दा परिसुचक २७ सय ४५ अंकमा पुगेर रोकिएको छ ।

१ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा, ७ अर्ब १९ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका १४२ कम्पनिको सेयर मूल्य घटेको छ भने ८९ कम्पनिको सेयर मूल्य बढेको छ । यस्तै आज १३ कम्पनिको सेयर मूल्य स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।

गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५.१२, रावा इनर्जीको मूल्य ५.१२ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।