बिहारमा रक्सी खाएका २० जनाको मृत्यु 

बिहारमा रक्सी खाएका २० जनाको मृत्यु 


काठमाण्डु–भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले जानकारी दिए ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छ ।

उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ भने आठ जनाविरुद्ध जायरी दर्ता गरिएको छ ।

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् ।