जितका लागि नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य

जितका लागि नेपालले अमेरिकालाई दियो १ सय ६५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पहिलो टी–२० खेलमा नेपालले अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।

राम्रो सुरुआत गरेको नेपालले अन्तिम दुई ओभरमा ५ विकेट गुमाए ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले २८ रन जोडे । त्यस्तै ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७/२७ रन जोड्दा कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भए ।

सोमपाल कामी, करण केसी र आरिफ शेख शून्य रनमा आउट भए भने सागर ढकाल २ रनमा आउट भए । अमेरिकाका लागि हरमित सिंह, सौरभ नेत्रवालकर र जसदिप सिंहले समान २/२ विकेट लिए ।