सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य तेस्रो दिन पनि बढेको छ । बुधबार र बिहिबार बढेको सुनको मूल्य बिहिबार पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महास)घले छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँमा खरिद विक्री भइरहेको जानकारी दिएको छ ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ थियो । बुधबार सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर एकपछि अर्को रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर तेस्रो दिन नयाँ उचाई बनाएको हो ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।