ओलीले पार्टी फुटाउने अध्यादेश ल्याए विपक्षी दलहरूले प्रतिवाद गर्ने

ओलीले पार्टी फुटाउने अध्यादेश ल्याए विपक्षी दलहरूले प्रतिवाद गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि त्यसविरुद्ध विपक्षी दलहरू एकीकृत भएका छन् । शुक्रबार बिहान नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने तयारीमा लागेको निष्कर्ष निकालेको छ ।

बैठकले सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।

विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा केपी शर्मा ओली नेतृत्वको सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्नेबारे समझदारी बैठकमा बनेको साहले जानकारी दिए ।

बैठकमा माओवादी अध्यक्ष दाहालले ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने धारणा राख्दै बैठक सुरु गरेका थिए ।

बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकालेको जानकारी दिए । उनले सुशासनको सवालमा पनि सरकार गम्भीर ढंगले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष लिङ्देनले जानकारी दिए ।

बैठकले समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको, सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको निष्कर्ष निकालको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए ।