मोरङका एसपी कार्की प्रहरी मुख्यालय तानिए

मोरङका एसपी कार्की प्रहरी मुख्यालय तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले मोरङ प्रहरी प्रमुख कार्कीलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरे ।

‘मोरङका प्रहरी प्रमुख एसपी सापलाई प्रहरी मुख्यालयमा तानेर त्यहाँ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको छ,’ प्रवक्ता कार्कीले काठमाण्डुपाटीसँग भने ।

प्रवक्ता कार्कीले के कारणले तानिएको हो भन्दा आवश्यकता अनुसार तानिएको बताए । तर प्रहरी स्रोतले कार्कीले आर्थिक अनियमितता गरेको आशंकामा तानिएको बताएको छ । उनीबारे छानबिन गर्न छानबिन समिति बनाउने तयारी प्रहरी मुख्यालयले गरिरहेको स्रोतले बतायो ।