प्रचण्डले झुक्याएर ठाकुर र श्रेष्ठलाई बोलाए विपक्षी दलहरूको वैठकमा

प्रचण्डले झुक्याएर ठाकुर र श्रेष्ठलाई बोलाए विपक्षी दलहरूको वैठकमा

सरकारमा भएका पार्टीका अध्यक्षहरू विपक्षीको बैठकमा गएपछि देउवाले गरे सोधखोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठकमा लोकतान्त्रिक सभाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीलाई झुक्याएर बोलाएको खुलेको छ ।

प्रचण्डकी पुत्री तथा स्वकीय सचिव गंगा दाहालले ठाकुर र श्रेष्ठलाई अध्यक्षज्यूले कुरा गर्न खोज्नु भएको छ भनेर बोलाएकी थिइन् । उनीहरू किन रहेछ भनेर त्यहाँ पुग्दा विपक्षी दलहरूबो बैठक रहेको थाहा पाएका थिए ।

प्रचण्डले शुक्रबार बिहान नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलहरूको बैठकमा ठाकुर र श्रेष्ठ पुगेपछि यसबारे हल्लाखल्ला भएको थियो । त्यसिपछि उनीहरूलाई सत्तामा भएको पार्टीका अध्यक्ष भएर पनि तपाईंहरू किन विपक्षी दलहरूको बैठकमा पुग्नुभयो भनेर जिज्ञासा राख्दा झुक्याएर बोलाइएको खुलेको हो ।

लोसपा अध्यक्ष ठाकुरको सचिवालयले माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर भेटौं भनेपछि ठाकुर नयाँ वानेश्वर पुगेका थिए । ठाकुरका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले प्रतिपक्षी दलहरूको बैठकका लागि भनेर नभई प्रचण्डले भेटौँ भनेर बोलाएकाले त्यहाँ पुगेको जानकारी दिए ।

‘प्रचण्डजी आफैले अध्यक्ष ठाकुरलाई फोन गर्नुभएको हो, कुराकानी गर्नुछ भन्नुभएको थियो। त्यसैले हामी गएका थियौं,’ मिश्रले भने, ‘हामी पुग्दा विपक्षी दलहरूका सबै नेता हुनुहुँदो रहेछ, अनि उहाँ पनि त्यही बसेर सबैका कुरा सुन्नुभयो त्यसपछि निस्कनुभयो।’

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पनि प्रतिपक्षी दलको बैठकका रुपमा आफूलाई खबर नगरिएको बताइन्। आफूलाई बैठकका लागि मात्र निम्तो गरिएको उनले जानकारी दिइन् । ‘प्रतिपक्षको बैठक छ भन्ने पनि थाहै भएन’ रजिन्ताले भनिन्, ‘बैठक छ भनेर बोलाउनु भएको थियो। म पुगेँ। पुग्दा बैठक सकिएको रहेछ।’

लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा सहभागी छन् । लोसपाबाट शरत सिंह भण्डारी श्रममन्त्री र नाउपाबाट अरूणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन्।

ठाकुर र श्रेष्ठ विपक्षी दलहरूको बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोधखोज गरेका छन् ।
बैठकमा सहभागी भएको समाचार र फोटो सार्वजनिक भएपछि देउवाले सचिवालयलाई लोसपा अध्यक्ष ठाकुरलाई फोन गरेर बुझ्न भनेका थिए ।

सभापति देउवाको सचिवालयबाट फोन आएको ठाकुरका स्वकीय सचिव मिश्रले जानकारी दिए । ‘देउवाको सचिवालयबाट फोन आएको थियो, हामी प्रतिपक्षी दलको बैठकका रूपमा नगएको जानकारी दियौँ,’ मिश्रले भने ।