अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई दियो भीसा

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई दियो भीसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भीसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकाले सन्दीपलाई भीसा दिएको र उनी शुक्रबार नै अमेरिका प्रस्थान गर्ने जानकारी दिएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीले भीसा पाएको विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी २० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग २ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी २० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।