महिला साफ च्याम्पियनशिप फूटबलमा श्रीलंकासँग माल्दिभ्स पराजित

महिला साफ च्याम्पियनशिप फूटबलमा श्रीलंकासँग माल्दिभ्स पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साफ महिला च्याम्पियनशिप २०२४ फूटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्‍यो ।

श्रीलंकाका लागि इमिशा अनुराधिनीले १८औं मिनेटमा गरेको गोल नै श्रीलंका जीतका लागि पर्याप्त भयो । जीतसँगै श्रीलंकाले ३ अंक बटुलेको छ ।

सोही समूहमा रहेको नेपालले शुक्रबार साँझ भुटानको सामना गर्दैछ ।