पाटन प्रिमियर लिगमा कुलगडे क्लब विजयी

पाटन प्रिमियर लिगमा कुलगडे क्लब विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – जिल्लाको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा कुलगडे क्रिकेट क्लब विजयी भएको छ ।

कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित गरेको हो ।

रिभर साइडले दिएको १५९ रनको लक्ष्य कुलगडेले १६ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि पंकज लुहारले ४७ रनको योगदान दिए । त्यसअघि पाटनस्थित श्रीकृष्ण माविको खेल मैदानमा पहिला ब्याटिङ गरेको रिभर साइडले २० ओभरमा ९ विकेटको क्षतिमा १५८ रन बनायो । उसका लागि आयुष विष्टले सर्वाधिक ३८ रन बनाए ।

बलिङतर्फ कुलगडेका लागि पंकज लुहार र राजेन्द्र ठगुन्नाले २/२ विकेट लिए । पंकज खेलको म्यान अफ दी म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए ।

दोस्रो हुने टोलीले ५६ हजार ७८९ प्राप्त गर्नेछ । म्यान अफ दी सिरजलाई १२ हजार ३४५ तथा उत्कृष्ट बलर र ब्याटरलाई ६ हजार ७८९ प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिगको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय र तेस्रो संस्करणको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।