काठमाण्डु – राजधानीमा जारी दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला फूटबल च्याम्पियनशिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै १/१ अंक बाँडेका हुन् ।
साफ च्याम्पियनशिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ ।
खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’ अन्तर्गत शुक्रबारै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो ।
यस नतिजासँगै समूह ‘बी’बाट श्रीलंका ३ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान १/१ अंकका साथ दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया